दफा ३३
अनिवार्य अवकाश
(१) अन्ठाउन्न वर्ष उमेर पूरा भएको वा दफा १७ बमोजिमको पदावधि पूरा भएको निजामती कर्मचारीले निजामती सेवाबाट स्वतः अवकाश पाउनेछ ।
(२) उपदफा (१) लागू हुनुअघि ३० वर्ष सेवा अवधि पुगी म्याद थप भई निजामती सेवामा बहाल रहेका निजामती कर्मचारीहरू पनि ५८ वर्ष उमेर पूरा नहुन्जेलसम्म निजामती सेवामा बहाल रहन सक्नेछन् ।
तर दफा १७ बमोजिम पदावधि तोकिएका निजामती कर्मचारीको हकमा सोही दफाबमोजिम हुनेछ ।
(३) यस दफाको प्रयोजनको लागि निजामती कर्मचारीको उमेर सेवामा प्रवेश गर्दा निजले पेस गरेको शिक्षण संस्थाको प्रमाणपत्रमा किटिएको जन्म दिन वा वर्षबाट हुन आएको उमेर वा नागरिकताको प्रमाणपत्रमा किटिएको जन्म दिन वा वर्षबाट हुन आएको उमेर वा निजले भरेको वैयक्तिक नोकरी विवरण (सिटरोल) मा लेखिदिएको जन्ममिति वा वर्षबाट हुन आएको उमेरमध्ये जुन उमेरबाट निज पहिले अवकाश हुन्छ सोही आधारमा गणना गरिनेछ ।